धरान / सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत चैत नौ गते निकालेको सूचनाका कारण स्वास्थ्य बीमाबाट उपचार गराइरहेका बिरामीहरू मार्कामा परेका छन् । 

बिपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले चैत १५ गतेदेखि स्वास्थ्य बिमाबाट उपचार नगराउने घोषणा गरेसँगै स्वास्थ्य बीमाबाट उपचार गराइरहेका बिरामीहरू मार्कामा परेका हुन् । 

OM Sai Pathibhara Hospital

सरकार तथा स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिरामीको उपचार गरे बापतको रकम सोधभर्ना गर्न ढिला गरेका कारण प्रतिष्ठानलाई आर्थिक समस्या परेको भन्दै डा. गिरीले चैत १५ गतेदेखि बीमाबाट उपचार नगर्ने घोषणा गरेका थिए । 

स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानको खातामा केही रकम जम्मा गरिदिएपछि डा. गिरीले चैत्र १४ पुनः अर्को सूचना जारी गर्दै स्वास्थ्या बिमाबाट गरिने उपचार एक महिना नरोक्ने निर्णय गरेका छन् । 

डा. गिरीको दोधारे निर्णयका कारण बीमा कार्यक्रममार्फत निःशुल्क उपचार गराउँदै आएका सयौँ बिरामीहरूलाई उपचार गर्न जान समस्या परेको हो ।

बिपी प्रतिष्ठानले २०७४ साल साउनदेखि नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेका बिमितहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।