काठमाडाैँ / चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७ ७८ देखि प्रतिष्ठान र शिक्षण संस्थाले विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) मध्ये एउटाको मात्र कार्यक्रम चलाउन पाउने व्यवस्था गरेको छ । 

यसभन्दा अघि विश्वविद्यालय र सिटिभिटी दुवैको कार्यक्रम चलाउँदै आएका प्रतिष्ठान र शिक्षण संस्थालाई एउटाको मात्र कार्यक्रम चलाउन चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको छ । 

OM Sai Pathibhara Hospital

आयोगले शैक्षिक सत्र २०७८ ९९ मा स्नातक तहको सिट निर्धारण सम्बन्धी निर्णय लिनु पर्ने भन्दै प्रतिष्ठान र शिक्षण संस्थालाई तीन दिन भित्र विश्वविद्यालय र सिटिभिटी मध्ये कसको कार्यक्रम चलाउने भन्ने जानकारी उपलब्ध गराउन भन्दै पत्राचार गरेको छ ।