बिर्तामोड / आज देशभर थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

एक हजार ६९७ जनाको पीसीआर परीक्षणमा आठ जनामा नयाँ संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ३ जना, ओखलढुंगा, मोरङ, स्याङ्जा, रोल्पा र दाङमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

९५९ जनामा एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७५८ रहेको छ ।