बिर्तामोड / आज देशभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८० पीसीआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट मुत्यु हुनेको संख्या शून्य रहेको छ । आइतबार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् ।