शिक्षा

    Showing 911-920 of 1,009 items.
  • कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    काठमाडौं //स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दै गरेको कोरोना भाइरसलाई मध्यनजर गर्दै  कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरिसकेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी थालेको थियो। परिक्षा स्थगित गर्न चौतर्फी दवाब बढ्दै गएपछि रोकिएको उनले बताएका छन्।

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 193 पटक पढिएको
  • एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

    काठमाडौं // एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले  तयारी थालेको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि गत जेठ १३ गतेदेखि तय भएको एसईई परिक्षा रोकिएको थियो।बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 164 पटक पढिएको
  • भ्रष्टाचारमा संलग्न व्यक्ति नै आयोगको सदस्य !

    बिर्तामोड / शिक्षा सेवा आयोगको सदस्यमा डिल्लीराम रिमाललाई नियुक्त गरेको भन्दै उच्च सरकारी अधिकारीहरूले नै नियुक्ति बदर गर्न सरकारसँग आग्रह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेका व्यक्तिलाई सरकारले शिक्षा सेवा आयोगको सदस्यमा नियुक्त गरेको भन्दै रिमालको नियुक्ति बदर गर्न उच्च अधिकारीहरूले सरकार समक्ष आग्रह गरेका हुन् । शिक्षक सेवा आयोगमा नवनियुक्त सदस्य रिमाललाई अख्तियारले २०६३ सालमा आफन्तलाई शिक्षक सेवामा पास गराइ भ्रष्टाचारजन्य कार्य गरेको ठहर गरेको थियो ।माध्यमिक तहका शिक्षक पदको लेखा विषयका प्रश्नपत्र निर्माण, मोडरेशन, उत्तरपुस्तिका परीक्षणलगा

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 279 पटक पढिएको
  • कक्षा १२ को परीक्षा ३१ साउनदेखि

    धनगढी / कक्षा १२ को परीक्षा श्रावण ३१ गतेदेखि भदौ ९ गते सम्म हुने निर्णय भएको छ । राष्ट्रिय परीक्षा वोर्ड , प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीले परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।परीक्षा बिहान ११ बजेदेखि २ बजे सम्म हुनेछ । कोरोना विरुद्ध उचित स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रूपमा सबै विद्यालयमा परीक्षा केन्द्र ( होम सेन्टर ) मा परीक्षा सञ्चालन हुने व्यवस्था भएको छ । हाल परीक्षा केन्द्रमा उत्तर पुस्तिका, प्रवेश पत्र लगायतका सामग्री पुर्याउने काम भइरहेको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख उत्तमदेव विष्टले जानकारी दिएका छन् । कैलाली - कञ्चनपुर र पहाडी सात

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 173 पटक पढिएको
  • कांग्रेसको दबाबमा नियम विपरीत विश्वविद्यालयमा नियुक्ति

    इटहरी / शिक्षा र स्वास्थ्यका क्षेत्रमा योग्यता अनि क्षमताका आधारमा नियुक्त गर्नु पर्ने माग सहित काठमाण्डौ र धरान सहित देशभर आन्दोलन भईरहेका बेला सरकारले फेरि मापदण्ड विपरीत पूर्वाञ्चल विश्वविद्यालयको अस्पताल निर्देशकमा योग्यता नै नपुगेका चिकित्सकलाई  नियुक्त गरेको सार्वजनिक भएको छ ।  धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको बेथिति र भ्रष्टाचारको विषयलाई लिएर सुरु भएको आन्दोलनको मुख्य माग नै शिक्षा र स्वास्थ्यका क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गर्नु पर्ने रहेकै समयमा विश्वविद्यालयमा मापदण्ड विपरीत अस्पताल निर्देशक नियुक्त गरिएको सार्वजनिक भएको हो ।राजधानीमा नागरिक

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 319 पटक पढिएको
  • परीक्षा स्थगन हुन्छ: राज्यमन्त्री श्रेष्ठ

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तालिका सार्वजनिक भएका परीक्षा स्थगन गरी आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बताएका छन् । कोभिड– १९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा उनले शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गर्ने तयारी भएको बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उनले २३ बुँदे 'सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना' सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै उनले आम नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण रोकथाम तथा उपचार, खोप व्यवस

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 251 पटक पढिएको
  • एउटै व्यक्तिले पटक–पटक आरक्षणको सुविधा दावी गर्न मिल्दैन : सर्वोच्च अदालत

    बिर्तामोड / सर्वोच्च अदालतले आरक्षणको कोटाबाट एउटै व्यक्तिले एक पटक सुविधा लिएपछि पुनः त्यही सुविधाको दावी गर्न नहुने बताएको छ । धनुषका विनय कुमार पञ्जियारले चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडीएमएस) तहमा आरक्षण नपाएको दावी गर्दै सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतले यस्तो निर्णय गरेको हो । पञ्जियारले एमबीबीएस पास गरेर स्नातकोत्तर तहमा पनि समावेशी कोटा छुट्याउनुपर्ने माग राख्दै चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।निर्णयमा भनिएको छ  – ‘स्नातकोत्तर तहको अध्ययन विशेषज्ञ तहको अध्ययन हुँदा यस

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 219 पटक पढिएको
  • स्थानीय भाषा र परिवेश समेटी चार पालिकाले तयार पारे पाठ्यक्रम

    बैतडी / बैतडीका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय भाषा, कला, संस्कृति र स्थानीय परिवेश समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् ।  पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो । ती पालिकाले चालू शैक्षिक सत्रबाट पाठ्यक्रम लागू गर्ने डिलाशैनीका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए ।विद्यार्थीलाई स्थानीय परिवेशका विषयमा जानकारी दिने उद्देश्यसहित ‘हाम्रो डिलाशैनी’ र ‘पाटन परिचय’ पाठ्यक्रम निर्माण गरिएको  हो ।  पाटनका शिक्षा शाखा प्रमुख बिर्खराज

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 166 पटक पढिएको
  • साउन २५ गतेभित्र एसइई नतिजा सार्वजनिक

    भक्तपुर / राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले  एसइईको आन्तरिक मूल्याङ्कनको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । २०७७ को एसइई नतिजा साउन २५ गतेभित्रमा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने उनले बताए । कार्यालयका अनुसार २०७७ सालको एसइई परीक्षाको ल

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 219 पटक पढिएको
  • विभिन्न बहानामा शुल्क असुल्दै सामुदायिक विद्यालय

    सर्लाही / केही सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीसँग शुल्क असुल्ने गरेका पाइएको छ । निःशुल्क पढाउनुपर्नेमा अधिकांशले विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो छ ।जिल्लाको मलङ्गवा नगरपालिका–५, भाँडसरमा रहेको रामगुलाम जनता माविले भर्ना शुल्कको नाममा चर्को शुल्क लिएको स्थानीय अभिभावक रवीन्द्र महतोले जानकारी दिएका छन् ।प्रधानाध्यापक जुगेश्वर राउतको निर्देशनमा आफूहरुले काम गरिरहेको र उनकै निर्देशनमा विद्यार्थीहरुको भर्ना लिँदा विकास शीर्षकमा रकम लिदै लेखा शाखाका कर्मचारी रामविश्वास रायले बताएका छन् ।पहिला शुल्क बुझाएको बिल दिन मिल्दैन भनी पन्छिन खोजे पनि पछि जिद्दी गर

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 177 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.