काठमाडौं //स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दै गरेको कोरोना भाइरसलाई मध्यनजर गर्दै  कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरिसकेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय परीक्षा बोर्डले सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी थालेको थियो।

परिक्षा स्थगित गर्न चौतर्फी दवाब बढ्दै गएपछि रोकिएको उनले बताएका छन्।