काठमाडौं // एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले  तयारी थालेको छ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि गत जेठ १३ गतेदेखि तय भएको एसईई परिक्षा रोकिएको थियो।

OM Sai Pathibhara Hospital

बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी गराएका छन् ।