शिक्षा

    Showing 731-740 of 951 items.
  • एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने बोर्डको निर्णय

    काठमाडौं / माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 223 पटक पढिएको
  • क्याम्पस प्रमुखले मदिरा सेवन गरे पछि..............

    झापा /  कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहका विरुद्ध जिल्ला प्रहरी कार्यालय कालीकोटमा चार वटा निवेदन परेका छन् । क्याम्पस प्रमुख सिहंले आफ्नो जिम्मेवारी मर्यादा बिर्सेर मदिरा सेवन गरि लेखापाल माथि भौतिक आक्रमण गर्नुका साथै प्राध्यापकलाई गालीबेइज्जती र अभिभावकहरूलाई समेत ज्यान मार्ने धम्की भएको भन्दै कारवाहीको माग गदै प्रहरीमा परेको हो ।क्याम्पस प्रमुख सिंहले सोमबार बिहान मदिरा सेवन गरि लेखापाल पदमबहादुर विष्टमाथि हातपात गरेको पीडित लेखापाल बिष्टले बताए । खाँडाचक्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष महावीर पाण्डेले पनि बिना कारण लेखापाल माथि आक्रमण भएपछि आफू सह

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 204 पटक पढिएको
  • वैशाख २० भित्र एसइई गरि सक्ने : राष्ट्रिय परीक्षा बोर्ड

    काठमाडौँ / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख २० सम्ममा सक्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ । एसईईको परीक्षा तालिका एक दुई दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको बोर्ड स्रोतले जनाएको छ । आगामी वैशाख ११ गतेसम्ममा परीक्षा सुरु गरिसक्ने गरी बोर्डले तयारी अघि बढाएको हो ।परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए। ‘आज या भोलिसम्ममा एसईई परीक्षा तालिका सार्वजनिक हुनेछ,’ रायमाझीले भने, ‘वैशाख २० सम्ममा परीक्षा सकिने छ ।’

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 201 पटक पढिएको
  • प्रक्रिया पूरा गरेर मात्र अध्ययनका लागि विदेश जानु : गृह मन्त्रालय

    काठमाडौँ / गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्ययनमा जान आग्रह गरेका हुन् ।गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृतरूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्था, अनधिकृतरूपमा इजाजत नलिई अनलाइनरूपमा विज्ञापन गर्ने शैक्षिक संस्था, अवैधरूपमा विदे

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 222 पटक पढिएको
  • शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

    काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधाको प्रबन्ध गरिने बताएका छन् ।ताराखोला गाउँपालिका, बागलुङले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे । ‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउँछ’, मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालय र अरू निकायसँग पनि समन्वय भइरहेको छ ।’कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताए । शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 175 पटक पढिएको
  • फागुन १ गतेदेखि भौतिक रुपमा विद्यालय खुल्ने

    काठमाडौं //कोभिड–१९ का कारण बन्द रहेको विद्यालय  फागुन १ गतेदेखि भौतिक रुपमा खुल्ने भएको छ। कोभिड–१९ को  संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सिफारिस गरेको हो । १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउने छन्। १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी आइतबार बसेको बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताएकी छिन।यसअघि कोरोना संक्रमण तीव्र रुपमा बढेको भन्दै गत पुस २५ गते बसेको  सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्याल

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 164 पटक पढिएको
  • उपप्राध्यापकको परीक्षा त्रिवि सेवा आयोगले फागुन २२ गते लिने

    काठमाडौं  / त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा फागुन २२ गतेदेखि लिने भएको छ । सेवा आयोग कार्यालयले आइतबार तालिका सार्वजनिक गर्दै फागुन २२ गतेदेखि परीक्षा गर्ने जनाएको हो । गत भदौ १५ गतेनै गर्ने भनेको लिखित परीक्षा कोभिड –१९ महामारीका कारण आयोगले साउन १८ गते परीक्षा स्थगित गरेको थियो । 

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 175 पटक पढिएको
  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भको ग्रेडवृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित गरिएको बोर्ड परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन ।ग्रेडवृद्धि परीक्षामा सम्मिलित ४२ हजार ४७ मध्ये ४ जनाको परीक्षा रद्द भएको छ भने बाँकी परीक्षार्थीको नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ ।ग्रेडवृद्धिको नतिजा बोर्ड र नेपाल टेलिकमको वेबसाइटका साथै नेपाल टेलिकमको १६०० मा एसएमएस र १६०१ नम्बरमा डायल गरेर प्राप्त गर्न सकिनेछ ।

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 183 पटक पढिएको
  • बन्द शैक्षिक संस्थाहरु सञ्चालनका लागि गृहकार्य सुरु

    काठमाडौं / कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द भएका शैक्षिक संस्थाहरु पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शैक्षिक संस्थाहरुसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणका विषयमा कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा सो गृहकार्य भएको हो ।प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 182 पटक पढिएको
  • लोक सेवाका परीक्षा फागुन ६ देखि सञ्चालन हुने

    काठमाडौं/ लोक सेवा आयोगका परीक्षा आगामी फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ । विहीबार लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै कोरोना महामारीका कारण स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हो ।सार्वजनिक तालिका अनुसार उपसचिव वा सो सरह (अप्राविधिक÷प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुनेछन् ।स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने आयोगले जनाएको छ । आयोगले सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चा

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 174 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.