काठमाडौं / कक्षा १२ को प्रश्नपत्र इमेलबाट पठाउने भएपछि राज्यको लाखौँ रुपैयाँ बचत हुने भएको छ ।  

राष्ट्रिय परीक्षा बोर्डले देशभरका परीक्षा केन्द्रमा सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्र ईमेल मार्फत पठाएको छ ।

OM Sai Pathibhara Hospital

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले प्रश्नपत्र छपाइ नहुँदा छपाइमा लाग्ने कम्तीमा दुई करोड रुपैयाँ बचत भएको बताएका छन् । 

त्यस्तै प्रश्नपत्र छपाइका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४५ जना सुरक्षाकर्मी, बोर्डका सम्बन्धित पदाधिकारी करिब एक महिनासम्म जनक शिक्षा सामग्री केन्द्रमा बस्दा भत्ताबापत करिब २० लाख रुपैयाँ खर्च हुन्थ्यो ।

त्यसबाहेक, सबै जिल्लामा प्रश्नपत्र ढुवानी गर्दा र परीक्षा सञ्चालन हुनुअघि सुरक्षाका लागि प्रहरी चौकीमा प्रश्नपत्र राख्दा सुरक्षाकर्मीलाई उपलब्ध गराउनुपर्ने भत्तासहित लाखौं रुपैयाँ खर्च हुने गरेको थियो ।

प्रहरी चौकीमा प्रश्नपत्र राख्न बाकस खरिद गर्न पनि थप खर्च हुँदै आएको थियो ।

काठमाडौँ र तराईमा प्रश्नपत्र छाप्न प्रति पाना दुई रुपैयाँ, पहाडी क्षेत्रमा प्रति पाना तीन रुपैयाँ र हिमाली क्षेत्रमा प्रति पाना पाँच रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।