काठमाडौं / भन्सार एजेण्टको लिखित परीक्षाको परीक्षाफल प्रकाशित भएकाे छ । भन्सार विभागले गत वैशाख १६ गते सञ्चालन गरेको परीक्षाको परीक्षाफल प्रकाशित भएकाे हाे ।
लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अब लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूको आगामी असार ५ गतेदेखि लोकसेवा आयोगसँगको सहकार्यका अन्तर्वार्ता हुनेछ ।

विभागले भन्सार ऐन बमोजिम ६६० जना एजेण्ट थप गर्न भन्दै २०७७ चैत १६ गते सूचना प्रकाशित गरेको थियो । शुरुमा कोरोना महामारी र पछि उच्च अदालतको आदेशले परीक्षा सञ्चालन हुन सकेको थिएन ।
अब लिखित परीक्षाको नतिजा प्रकाशित भएसँगै एजेण्ट थप गर्ने प्रक्रिया सम्पन्न हुन लागेको छ ।
हेर्नुहोस् अन्तर्वार्ताका लागि छानिएका परिक्षार्थीहरूको नामावाली