काठमाडौं / सर्वोच्च अदालतले एलएलबीको इन्ट्रान्स रोक्न अन्तरिम आदेश माग गर्दै सोमबारका लागि पेसी तोकिएको मुद्दाको सुनुवाइ २० गतेका लागि सारेको छ । 

बिएएलएलबी अध्ययनरत ऋतिक यादव र रितेश पन्थीले दर्ता गराएको रिटमा सर्वोच्चले जेठ २० मा अन्तरिम आदेश जारी गर्ने–नगर्ने बारे छलफलका लागि पेसी तोकेको हो । 

OM Sai Pathibhara Hospital

सर्वोच्चले रिट मानवीय त्रुटि देखाएर २० गतेलाई सुनवाइ सारेको निवेदक पन्थीले जानकारी दिएका छन् ।

सर्वोच्चले यसअघि तीनवर्षे एलएलबी फेज आउट गर्न आदेश दिए पनि त्रिभुवन विश्वविद्यालयले सो  विषयमा विद्यार्थी भर्ना नरोकेको भन्दै यादव र पन्थीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले एलएलबीलाई फेज आउट गर्दै लानुपर्ने आदेश सुनाएको थियो । त्यसपछि पनि एलएलबीमा नयाँ भर्ना खुलाइएको भन्दै उक्त भर्ना प्रक्रिया रोक्न निवेदकले माग गरेका छन् ।