काठमाडौं / त्रिभुवन विश्वविद्यालयमा लागेको तालाबन्दी ५ महिनापछि खुलेको छ ।

त्रिविको वेतिथी र भ्रष्टाचार अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको थियो । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाका अनुसार सरकारले १५ दिनभित्र यस विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएपछि ताला खोलिएको हो । 

OM Sai Pathibhara Hospital

आफ्ना मागका विषयमा त्रिविको बेवास्ता कायमै रहेकाले १५ दिनभित्र माग पुरा नभए फेरी ताला लगाउने उनको भनाइ छ । यस विषयमा नेविसङ्घले शुक्रबार ३ बजे त्रिविमा धर्ना कार्यक्रम राखेको छ ।

यता अनेरास्ववियु अध्यक्ष सुनिता बरालले लामो समयपछि ताला खुलेको भन्दै यसमा सकारात्मक भूमिका खेल्ने सबैलाई धन्यवाद दिएकी छन् ।