बिर्तामोड / कक्षा १२ को परीक्षा आज (सोमबार) देखि शुरु भएको छ ।  बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। 

परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी भएका छन । त्यस्तै परीक्षा ‘देशभरका एक हजार २९२ केन्द्रमा सञ्चालन भइरहेको छ ।
        
विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो।