काठमाडौं  / सोमबारदेखि देशभर एकैसाथ सञ्चालन हुने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।  सोमबार बिहान ८ बजेदेखि जेठ २५ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताए । परीक्षाको प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ ।