शिक्षा

    Showing 721-730 of 1,009 items.
  • विद्यार्थीले अनुशासन पालन नगरे पछि कक्षाकोठामै काटियो कपाल

    झापा / जुम्लाको तिला गाउँपालिका- ८ जुम्लाकोट स्थित देउराली माध्यमिक विद्यालयका विद्यार्थीले अनुशासन पालना नगरेको भन्दै सो विद्यालयका प्रधानाध्यापकले विद्यार्थीको कपाल काटिदिएका छन् । प्रधानाध्यापकले कक्षा नौ मा अध्ययनरत चार जना विद्यार्थीको कपाल कक्षा कोठामै अन्य विद्यार्थीका अगाडि काटिदिएका हुन् । पीडित विद्यार्थीका अनुसार माध्यमिक तहमा सामाजिक विषयसमेत पढाउने विद्यालयका प्रधानाध्यापक रामभजन यादवले जबरजस्ती कपाल काटिदिएका हुन् ।कक्षा कोठामै विद्यार्थीहरूको कपाल काटिएको र अर्को दिन आउँदा सबै विद्यार्थीहरूले कपाल काटेर विद्यालयको पोशाकमा आउन निर्देशन गरिएको भन्दै कपाल काट्दै गरिएको भि

    • प्रकाशित मितिः असार २८, २०७९
    • 194 पटक पढिएको
  • नेविसङ्घले लगायो डिन कार्यालयमा ताला

    काठमाडौँ / सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायको डिन कार्यालयमा ताला लगाएको छ । त्रिविले परीक्षामा लापरबाही गरेको भन्दै काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसका नेविसंघ इकाइ सभापतिसहितले आज कीर्तिपुर पुगेर डिन कार्यालयमा ताला लगाएका हुन्।२२ असारमा मात्रै बिबिए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहेव्यर’ को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रि–बोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि उनीहरूले व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माको राजीनामा समेत मागेका छन्।नेविसंघ नेताहरू मदनराज उपाध्याय, विवेक लामा घ

    • प्रकाशित मितिः असार २७, २०७९
    • 196 पटक पढिएको
  • केएमसी स्कुलकी महिला कर्मचारी मृत फेला, छानविन गर्न माग

    काठमाडौं / काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत भेटिएकी हुन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार शनिबार बेलुका रायमाझीलाई झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् । उनीहरुले घटनाको सत्यतथ्य पत्ता लाग्ने गरी छानविन गर्न माग गरेका छन् ।

    • प्रकाशित मितिः असार १९, २०७९
    • 224 पटक पढिएको
  • त्रिवि सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको लिखित परीक्षामा सबै जना फेल

    झापा / त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष लिएको प्रशासनिक तथा प्राविधिकतर्फको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । २०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म र लिएको प्रशासनिक तथा प्राविधिक पदहरूको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।१०२ पदको लागि आयोगले लिएको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृतको खुलातर्फको परीक्षामा सबैजना परीक्षार्थी अनुत्तीर्ण भएका हुन् । परीक्षामा १६ हजार ४४८ जना परीक्षार्थी परीक्षामा सहभागी थिए ।उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जनाले लिखित परीक्षा दिएका थिए । शाखा अधिकृतमा ४० पदका ल

    • प्रकाशित मितिः असार १५, २०७९
    • 221 पटक पढिएको
  • एसइईको नतिजा असार ३२ गते भित्र नतिजा सार्वजनिक गरिने

    काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।राष्ट्रिय परीक्षा बोर्ड एसइई ( कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए । अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा प

    • प्रकाशित मितिः असार ७, २०७९
    • 198 पटक पढिएको
  • मधेश सरकारले कक्षा १२ मा पढ्ने छात्रालाई ल्यापटप वितरण गर्ने

    झापा / मधेश सरकारले सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई ल्यापटप वितरण गर्ने भएको छ । कक्षा १२ मा अध्ययनरत छात्रालाई प्रविधिमा पहुँच पुर्याउन एक एक थान ल्यापटप वितरण गर्ने अर्थमन्त्री शैलेन्द्र साहले बजेट भाषणको क्रममा घोषणा गरेका छन् । ल्यापटप वितरण गर्नको लागि ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए ।

    • प्रकाशित मितिः असार १, २०७९
    • 199 पटक पढिएको
  • नेपाल विद्यालय कर्मचारी परिषद् भद्रपुरद्धारा तलब वृद्धिको माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र

    रेवतीराज घिमिरेभद्रपुर / नेपाल विद्यालय कर्मचारी परिषद् भद्रपुर नगर समितिले तलब वृद्धिको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल शिक्षक महासंघ नगर अध्यक्ष गणेश गिरीसहित भद्रपुरका ३१ वटै सामुदायिक विद्यालयका कर्मचारीहरूले बुधवार नगरप्रमुख गणेश पोखरेललाई  ज्ञापन पत्र बुझाएका हुन् ।कर्मचारीहरूले आफुहरुलाई प्राप्त हुने मासिक १५ हजार तलब कम भएको भन्दै प्रावि तह वा खरिदार सोसरहको तलब वृद्धि गर्न माग गरेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझ्दै प्रमुख पोखरेलले कर्मचारीका माग प्रति नगरपालिका अत्यन्त संवेदनशिल भएको बताएका छन् । त्यस्तै नगरप्रमुख पोखरेलले

    • प्रकाशित मितिः असार १, २०७९
    • 206 पटक पढिएको
  • विद्यार्थीद्धारा त्रिचन्द्र कलेजको पुनर्निमाणको माग राख्दै प्रदर्शन

    काठमाडौँ / भूकम्पले जीर्ण बनाएको काठमाडौँस्थित त्रिचन्द्र कलेजको पुनःर्निमाणको माग राख्दै कलेजका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । लामो समयदेखि जीर्ण अवस्थामा रहेका कलेजका भवनहरूको पुनर्निर्माण र स्तरोन्नति नगरेको भन्दै मंगलबार कलेज अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले कलेज अगाडिको सडकमा आधा घण्टा पुस्तक पढेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए । उनीहरूले ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर’‚ ‘प्रधानमन्त्री ज्यू, तपाईंले पढेको कलेज कहिले बन्ने ?’, ‘इतिहास ढल्दैछ सरकार मौन छ’, ‘भ्यु टावरचाहीँ बन्ने त्रिचन्द्रचाहीँ नबन्ने ?’ जस्ता नारा लेखिएको ब्यानर देखाएर प्रदर्शन गर

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 187 पटक पढिएको
  • ६ बुँदे सहमति पछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लागेको ताला आइतबारदेखि खुलेको छ ।आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि ताला खोलिएको हो । विभिन्न माग राख्दै नेपाली कांग्रेसको विद्यार्थी सङ्गठनले माघ ६ गते र आंशिक प्राध्यापकहरूले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।अब विश्वविद्यालयको प्रशासनिक कामहरू नियमित हुने भएको छ । नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 196 पटक पढिएको
  • मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौं / शिक्षक सेवा आयोगले माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २१ चैत २०७८ मा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरको हो । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा ९४ जना उतिर्ण भएका छन् । उनीहरूको अन्तर्वार्ता यही असार २१ गते हुने छ । आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 217 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.