झापा / मधेश सरकारले सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई ल्यापटप वितरण गर्ने भएको छ । कक्षा १२ मा अध्ययनरत छात्रालाई प्रविधिमा पहुँच पुर्याउन एक एक थान ल्यापटप वितरण गर्ने अर्थमन्त्री शैलेन्द्र साहले बजेट भाषणको क्रममा घोषणा गरेका छन् ।

ल्यापटप वितरण गर्नको लागि ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए ।