काठमाडौं / त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लागेको ताला आइतबारदेखि खुलेको छ ।

आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि ताला खोलिएको हो । 

OM Sai Pathibhara Hospital

विभिन्न माग राख्दै नेपाली कांग्रेसको विद्यार्थी सङ्गठनले माघ ६ गते र आंशिक प्राध्यापकहरूले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।

अब विश्वविद्यालयको प्रशासनिक कामहरू नियमित हुने भएको छ । नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ ।