झापा / त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष लिएको प्रशासनिक तथा प्राविधिकतर्फको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । 

२०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म र लिएको प्रशासनिक तथा प्राविधिक पदहरूको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

OM Sai Pathibhara Hospital

१०२ पदको लागि आयोगले लिएको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृतको खुलातर्फको परीक्षामा सबैजना परीक्षार्थी अनुत्तीर्ण भएका हुन् । परीक्षामा १६ हजार ४४८ जना परीक्षार्थी परीक्षामा सहभागी थिए ।

उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जनाले लिखित परीक्षा दिएका थिए । शाखा अधिकृतमा ४० पदका लागि ५४२ जना, मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७७७, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३, लेखा अधिकृत १५ पदका लागि १२९ ले परीक्षा दिएका थिए । 

परीक्षामा मर्यादा विपरीत गतिविधि गर्ने १३८ जनाको परीक्षा रद्द गरिएको पनि आयोगले जनाएको छ । लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उत्तीर्ण भएका छन् ।

उत्तीर्ण परीक्षार्थीहरूको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता यही असार २८ गते त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा बिहान ११ बजे हुने आयोगले जनाएको छ ।