• रेवतीराज घिमिरे

भद्रपुर / नेपाल विद्यालय कर्मचारी परिषद् भद्रपुर नगर समितिले तलब वृद्धिको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । 

नेपाल शिक्षक महासंघ नगर अध्यक्ष गणेश गिरीसहित भद्रपुरका ३१ वटै सामुदायिक विद्यालयका कर्मचारीहरूले बुधवार नगरप्रमुख गणेश पोखरेललाई  ज्ञापन पत्र बुझाएका हुन् ।

OM Sai Pathibhara Hospital

कर्मचारीहरूले आफुहरुलाई प्राप्त हुने मासिक १५ हजार तलब कम भएको भन्दै प्रावि तह वा खरिदार सोसरहको तलब वृद्धि गर्न माग गरेको ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापन पत्र बुझ्दै प्रमुख पोखरेलले कर्मचारीका माग प्रति नगरपालिका अत्यन्त संवेदनशिल भएको बताएका छन् । 

त्यस्तै नगरप्रमुख पोखरेलले नगरपालिकालाई मात्र प्राप्त बजेटले तलब वृद्धिमा समस्या हुने भएकोले संघीय सरकार र प्रादेश सरकारसँग समेत छलफल गरिरहेको बताएका छन् ।  

पहिलो चरणमा १० प्रतिशत र बाँकी क्रमशः बढाउदै मागलाई पूर्ण रुपमा सम्बोधन गरिने बताउँदै उनले भने, – ‘विद्यालय कर्मचारीको माग सम्बोधन गर्नलाई सरोकारवाला निकायसँग बारम्बार छलफल गरिरहेको छु ।’