काठमाडौँ / भूकम्पले जीर्ण बनाएको काठमाडौँस्थित त्रिचन्द्र कलेजको पुनःर्निमाणको माग राख्दै कलेजका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । 

लामो समयदेखि जीर्ण अवस्थामा रहेका कलेजका भवनहरूको पुनर्निर्माण र स्तरोन्नति नगरेको भन्दै मंगलबार कलेज अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

विद्यार्थीहरूले कलेज अगाडिको सडकमा आधा घण्टा पुस्तक पढेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए । उनीहरूले ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर’‚ ‘प्रधानमन्त्री ज्यू, तपाईंले पढेको कलेज कहिले बन्ने ?’, ‘इतिहास ढल्दैछ सरकार मौन छ’, ‘भ्यु टावरचाहीँ बन्ने त्रिचन्द्रचाहीँ नबन्ने ?’ जस्ता नारा लेखिएको ब्यानर देखाएर प्रदर्शन गरेका थिए ।