काठमाडौं / काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् । 

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत भेटिएकी हुन् । 

OM Sai Pathibhara Hospital

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार शनिबार बेलुका रायमाझीलाई झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् । उनीहरुले घटनाको सत्यतथ्य पत्ता लाग्ने गरी छानविन गर्न माग गरेका छन् ।