काठमाडौं / शिक्षक सेवा आयोगले माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २१ चैत २०७८ मा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरको हो । 

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा ९४ जना उतिर्ण भएका छन् । उनीहरूको अन्तर्वार्ता यही असार २१ गते हुने छ । 

OM Sai Pathibhara Hospital

आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुने छ ।

यसैगरी लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, गुल्मी, रोल्पा, दाङ, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ, कैलाली, दार्चुला र डडेलधुराका ४७ जनाको अन्तर्वार्ता असार २१ गते दिउँसो १ बजे हुने छ । 

अन्तर्वार्ता परीक्षा शिक्षा सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना: