समाज

    Showing 10,431-10,440 of 11,162 items.
  • खोलाले बगाएर एकको मृत्यु

    उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका –७ मदन चोकका ६५ वर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ।शनिबार दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा राई खोलाले बगाएर बेपत्ता भएका थिए। घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा राईको शव फेला पारेको थियो। राईले खोला तरेको स्थानबाट अन्दाजी २०० मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः असार २०, २०७८
    • 122 पटक पढिएको
  • करेन्ट लागेर एकको मृत्यु

    इलाम / इलाममा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। मृत्यु हुनेमा माङसेबुङ गाउँपालिका –५ का ४२ वर्षीय प्रवीन राई रहेका छन्। शनिबार बेलुका साढे ७ बजे विजुलीको  तार जोडी गङटे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका थिए। राईको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः असार २०, २०७८
    • 123 पटक पढिएको
  • भारतीय नागरिक मृत फेला

    काठमाडौँ / ललितपुरको गुसिटोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार भारत घर भएका ५९ वर्षीय सत्यनारायण भनिने पुरुष मृत फेला परेका हुन् ।भाडामा बस्दै आएको कोठामा घोप्टो परेको अवस्थामा उनको शव फेला पारेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्याले जानकारी दिइन् । उनी सत्यनारायण इलेक्ट्रिकको काम गर्दै आएका थिए । केही समयदेखि एक्लै कोठामा बस्दै आएका थिए । राति साढे ८ बजेसम्म उनको एक जना मानिससँग फोनमा कुराकानी भएको खुलेको हो । 

    • प्रकाशित मितिः असार २०, २०७८
    • 124 पटक पढिएको
  • इटहरीका अधिकांश क्षेत्र जलमग्न

    इटहरी / लगातार परेको वर्षाका कारण इटहरीका अधिकांस ठाउँहरु जलमग्न भएका छन् । इटहरीको टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका क्षेत्रहरु डुबानमा परेका हुन् । इनरुवाको  कुरुवा खोला भरिएर सडकबाटै बगेको छ । सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ । वर्षा सँगै खोलाहरुमा जल सतह बढेको छ । सुनसरी, बुढी, गडनलगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् ।अहिलेसम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

    • प्रकाशित मितिः असार १९, २०७८
    • 135 पटक पढिएको
  • दुई समूहबीच झडप हुँदा दुई घाइते

    रुकुम / रुकुम पश्चिमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा परि सोही वडा उपल्लो खदी गाउँका २६ वर्षीय गोपाल बिक र २८ वर्षीय राजन बिक गम्भीर घाइते भएका  हुन् । आठबिसकोट नगरपालिका –३ , खदी भन्ने स्थानमा घोडालाई ट्याक्टरले  ठक्कर दिएको विषयलाई लिएर  युवाहरूको दुई समुह  बिच झडप भएको थियो ।  घाइतेलाई सदरमुकामका अस्पतालमा ल्याउन खोजिए पनि  त्यहाँ हेलिकप्टर बस्ने ठाउँ नभएपछि स्थानीयले स्ट्रेचरमा राखेर जिल्ला अस्पताल लगेको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी धुर्वकुमार श्रेष्ठले जनाएका छन् । 

    • प्रकाशित मितिः असार १९, २०७८
    • 146 पटक पढिएको
  • पोखरीमा डुबेर एकको मृत्यु

    बिर्तामोड / झापाको भद्रपुरमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं. –९ पोकापाडा बस्ने अन्दाजी ६० वर्षीय धनसिंह राजवंशी रहेका छन् । राजवंशी घरदेखि हिजो दिउँसो ३ बजे हराएका थिए । उनी आज बिहान ९ बजे स्थानीय नेपालसिंह राजवंशीको माछा पोखरीमा मृत फेला परेका हुन् ।पोखरी धनी राजवंशीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउना साथ प्रहरी चौकी घोडामाराबाट टोली खटिएर लाश बाहिर निकालेको जनाइएको छ ।

    • प्रकाशित मितिः असार १९, २०७८
    • 237 पटक पढिएको
  • खोलाले बगाएर एकको मृत्यु

    गोरखा  / गोरखामा खोलाले बगाएर गोरखामा एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा सोही गाउँपालिका –१ श्यामचेतका २६ बर्षीय किरण लामाको मृत्यु भएको हो । उनको आरुघाट गाउँपालिका –३ सोतीस्थित फङ्गी खोला तर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी प्रकाश दाहालले भने  ‘ठाडो खोला रहेछ, तर्ने क्रममा बगाएर ३० मिटर तल फालेछ,’ दाहालले भने, बेहोस अवस्थामा स्थानीयले उनलाई उद्धार गरेर उपचारको लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लगे रहेछन् ।’ उपचारको क्रममा चिकित्सकले उनलाई बिहान ११ बजे मृत घोषणा गरेको उनले बताए ।

    • प्रकाशित मितिः असार १९, २०७८
    • 111 पटक पढिएको
  • देशका विभिन्न स्थानमा बिहादेखि नै वर्षा : कहाँ – कहाँ छ खतरा ?

    बिर्तामोड / तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यस्तै प्रदेश नं २ र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले

    • प्रकाशित मितिः असार १९, २०७८
    • 174 पटक पढिएको
  • रूपन्देहीमा लागूऔषधसहित ३ पक्राउ

    रूपन्देही / रूपन्देहीको सैनामैनाबाट लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका –१० बेमतेनी बस्ने १८ वर्षीय दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगङ्गा नगरपालिका –९ भलवाड बस्ने २४ वर्षीय रमेश बहादुर आचार्य र सोही ठाउँका २५ वर्षीय रमेश मरासिन रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सैनामैना नगरपालिका –१० बेमतेनीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट लागूऔषध (खैरो हिरोईन) ४ ग्राम ५०० मिलिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः असार १९, २०७८
    • 119 पटक पढिएको
  • टिपर खस्दा सुतिरहेका श्रीमान् श्रीमतीको मृत्यु

    काठमाडौं / काठमाडौंमा एक अस्थायी टहरामा टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर एक अस्थायी टहरामा पल्टिँदा दुई जनाको ज्यान गएको हो ।बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।मृत्यु हुनेमा नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङ छन् । मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले टिपर चालक

    • प्रकाशित मितिः असार १९, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.