बिर्तामोड / झापाको भद्रपुरमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं. –९ पोकापाडा बस्ने अन्दाजी ६० वर्षीय धनसिंह राजवंशी रहेका छन् । 

राजवंशी घरदेखि हिजो दिउँसो ३ बजे हराएका थिए । उनी आज बिहान ९ बजे स्थानीय नेपालसिंह राजवंशीको माछा पोखरीमा मृत फेला परेका हुन् ।

OM Sai Pathibhara Hospital

पोखरी धनी राजवंशीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउना साथ प्रहरी चौकी घोडामाराबाट टोली खटिएर लाश बाहिर निकालेको जनाइएको छ ।