रूपन्देही / रूपन्देहीको सैनामैनाबाट लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सैनामैना नगरपालिका –१० बेमतेनी बस्ने १८ वर्षीय दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगङ्गा नगरपालिका –९ भलवाड बस्ने २४ वर्षीय रमेश बहादुर आचार्य र सोही ठाउँका २५ वर्षीय रमेश मरासिन रहेका छन् । 

OM Sai Pathibhara Hospital

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सैनामैना नगरपालिका –१० बेमतेनीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट लागूऔषध (खैरो हिरोईन) ४ ग्राम ५०० मिलिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । 

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।