गोरखा  / गोरखामा खोलाले बगाएर गोरखामा एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा सोही गाउँपालिका –१ श्यामचेतका २६ बर्षीय किरण लामाको मृत्यु भएको हो । 

उनको आरुघाट गाउँपालिका –३ सोतीस्थित फङ्गी खोला तर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी प्रकाश दाहालले भने  ‘ठाडो खोला रहेछ, तर्ने क्रममा बगाएर ३० मिटर तल फालेछ,’ दाहालले भने, बेहोस अवस्थामा स्थानीयले उनलाई उद्धार गरेर उपचारको लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लगे रहेछन् ।’ 

OM Sai Pathibhara Hospital

उपचारको क्रममा चिकित्सकले उनलाई बिहान ११ बजे मृत घोषणा गरेको उनले बताए ।