काठमाडौँ / ललितपुरको गुसिटोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार भारत घर भएका ५९ वर्षीय सत्यनारायण भनिने पुरुष मृत फेला परेका हुन् ।

भाडामा बस्दै आएको कोठामा घोप्टो परेको अवस्थामा उनको शव फेला पारेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्याले जानकारी दिइन् । 

OM Sai Pathibhara Hospital

उनी सत्यनारायण इलेक्ट्रिकको काम गर्दै आएका थिए । केही समयदेखि एक्लै कोठामा बस्दै आएका थिए । राति साढे ८ बजेसम्म उनको एक जना मानिससँग फोनमा कुराकानी भएको खुलेको हो ।