इटहरी / लगातार परेको वर्षाका कारण इटहरीका अधिकांस ठाउँहरु जलमग्न भएका छन् । इटहरीको टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका क्षेत्रहरु डुबानमा परेका हुन् । 

1-photo

OM Sai Pathibhara Hospital

इनरुवाको  कुरुवा खोला भरिएर सडकबाटै बगेको छ । सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ । वर्षा सँगै खोलाहरुमा जल सतह बढेको छ । सुनसरी, बुढी, गडनलगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् ।

4-photo

अहिलेसम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

3-photo