इलाम / इलाममा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। मृत्यु हुनेमा माङसेबुङ गाउँपालिका –५ का ४२ वर्षीय प्रवीन राई रहेका छन्। 

शनिबार बेलुका साढे ७ बजे विजुलीको  तार जोडी गङटे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका थिए। राईको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

OM Sai Pathibhara Hospital

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।