रुकुम / रुकुम पश्चिमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा परि सोही वडा उपल्लो खदी गाउँका २६ वर्षीय गोपाल बिक र २८ वर्षीय राजन बिक गम्भीर घाइते भएका  हुन् । 

आठबिसकोट नगरपालिका –३ , खदी भन्ने स्थानमा घोडालाई ट्याक्टरले  ठक्कर दिएको विषयलाई लिएर  युवाहरूको दुई समुह  बिच झडप भएको थियो ।  

OM Sai Pathibhara Hospital

घाइतेलाई सदरमुकामका अस्पतालमा ल्याउन खोजिए पनि  त्यहाँ हेलिकप्टर बस्ने ठाउँ नभएपछि स्थानीयले स्ट्रेचरमा राखेर जिल्ला अस्पताल लगेको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी धुर्वकुमार श्रेष्ठले जनाएका छन् ।