उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका –७ मदन चोकका ६५ वर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ।

शनिबार दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा राई खोलाले बगाएर बेपत्ता भएका थिए। घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा राईको शव फेला पारेको थियो।

OM Sai Pathibhara Hospital

राईले खोला तरेको स्थानबाट अन्दाजी २०० मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ।