समाज

    Showing 10,241-10,250 of 11,162 items.
  • मादी हत्या प्रकरण : हत्यामा संलग्न कार्की सार्वजनिक ( भिडियो सहित )

    खाँदबारी / सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा गत भदौ २१ गते बिहान  तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स तवरले भएको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।अनुशन्धानमा खटिएका प्रहरीले शुक्रबार नै पक्राउ गरेका तेजबहादुरका नातमा भतिजो पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले एकै परिवारका छ जनाको हत्या गरेको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको हो । हत्याका विषयमा पहिलो पटक सूचना दिने र खबर गर्ने काम गरेका कार्की नै हत्यामा संलग्न रहेको प्रमाण पाइएकाले उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । हत्याका विषयमा अनुसन्धान गर्न पुगेका प्रहरीलाई सहयोग गरेका का

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 1,846 पटक पढिएको
  • ३ वर्षीया बालिका मृत फेला

    गुल्मी / गुल्मीमा शनिबार बिहानदेखि बेपत्ता भएकी तीन वर्षीया बालिका आइतबार बिहान मृत फेला परेकी छिन्।  मदाने गाउँपालिका –२ बाझकटेरीकी तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेकी हुन् । शनिबार बिहान ११ बजे सम्म घर मै खेलिरहेकी बालीका त्यस पछि बेपत्ता भएकी थिइन् । उनलाई आइतबार स्थानीय र पुर्कोदह इलाका प्रहरी कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा घर देखि करिव ५ सय मिटर दुरीमा पर्ने झाडीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुर्षोतम प्रसाद पाण्डेले जानकारी दिए । 

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 163 पटक पढिएको
  • आगलागीमा परी अर्जुनधारामा तिन घाइते

    अर्जुनधारा / अर्जुनधारा सात पुष्पलाल मार्गमा रहेको रोमनाथ खनालको घरमा शनिबार साँझ एलपी ग्यासको सिलिन्डर फेर्ने क्रममा ग्यास चुहिएर आगलागी भएको छ । आगलागीमा परी ४२ वर्षीय रोमनाथ खनाल, उनकी श्रीमती ३८ बर्षिया दुर्गा खनाल, र १८ बर्षिया छोरा पंकज खनाल घाइते भएका छन् । स्थानीय बासी प्रहरी र दमकलको साहयतामा आगलागी नियन्त्रणमा लिएको र घाइते लाई उपचारको लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी गराएको छ ।

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 181 पटक पढिएको
  • आगलागीमा परी अर्जुनधारामा तिन घाइते

    अर्जुनधारा / अर्जुनधारा सात पुष्पलाल मार्गमा रहेको रोमनाथ खनालको घरमा शनिबार साँझ एलपी ग्यासको सिलिन्डर फेर्ने क्रममा ग्यास चुहिएर आगलागी भएको छ । आगलागीमा परी ४२ वर्षीय रोमनाथ खनाल, उनकी श्रीमती ३८ बर्षिया दुर्गा खनाल, र १८ बर्षिया छोरा पंकज खनाल घाइते भएका छन् । स्थानीय बासी प्रहरी र दमकलको साहयतामा आगलागी नियन्त्रणमा लिएको र घाइते लाई उपचारको लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी गराएको छ ।

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 97 पटक पढिएको
  • मादी हत्या प्रकरण : यी हुन्, हत्यामा संलग्न अभियुक्त ( भिडियो सहित )

    बिर्तामोड / सङ्खुवासभाको मादी १ उम्लिङका एकै परिवारको छ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा छिमेकी अनि नातेदार समेत रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले हत्यामा संलग्न रहेको खुल्ने प्रमाण भेटिएको भन्दै २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो ।पक्राउ परेका लोकबहादुरले नातामा नै उनकी हजुरआमा पर्ने ८४ वर्षीय पार्वता, ५८ वर्षीय ठुलो बुवा तेजबहादुर, ५२ वर्षीया ठुली आमा कमला, भाउजू ३२ वर्षीय रञ्जना, ११ वर्षीय भतिज दीपेन र ७ वर्षीय भतिजी गोमा कार्कीको विभत्स तवरले हत्या गरेका थिए ।यो पनि - सामूहिक हत्या प्रकरण : प्रहरीलाई मिल्यो सफलत

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 2,752 पटक पढिएको
  • सामूहिक हत्या प्रकरण : प्रहरीलाई मिल्यो सफलता , हत्यामा संलग्न मानिएका एक पक्राउ

    बिर्तामोड / सङ्खुवासभाको मादी १ उम्लिङमा एकै परिवारका छ जनाको विभत्स हत्याको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले मृतक परिवारका नातामा भतिजा पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ ।हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले पक्राउ परेका कार्की नै संलग्न रहेको निष्कर्ष समेत निकालेको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी गराएका छन् ।याे पनि –सामुहिक हत्याकाण्ड : नजिककै व्यक्तिबाट हत्या भएको प्रहरीको अनुमानघटना स्थलबाट करिव डेढ सय मिटरको दूरीमा पक्राउ परेका कार्कीको घर रहेको छ। पक्राउ परेका कार्की केही समय अघि वैदेशिक रोजगारीबाट फर्किएका हुन् । प्रहरीले पक्राउ परेका व्यक्ति र अनुसन्धानका विष

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 1,834 पटक पढिएको
  • ओखलढुङ्गामा खुकुरी प्रहार गरि हत्या

    ओखलढुंगा  / ओखलढुङ्गाको ढाडखर्कमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । खिजिदेम्बा गाउँपालिका –५ का ६८ वर्षीय मित्र बहादुर तामाङको धारिलो हतियार प्रहार गरि हत्या भएको हो । शुक्रबार दिउसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोलीले हत्यामा संलग्न  तामाङका भाइ ६७ वर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ वर्षीय बिर बहादुर तामाङलाई पक्राउ गरेको छ ।  उनीहरूले अंशबन्डाको विषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्र बहादुरको घटनास्थलमा नै मृत्यु भएको स्थानीयले बताएका छन् ।

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 194 पटक पढिएको
  • विराटनगरकी युवतीले आफ्नै प्रेमीको काटिदिइन् लिङ्ग

    विराटनगर / आफूलाई धोका दिने प्रेमीलाई होटलमा बोलाएर विराटनगरमा एक युवतीले कैँचीको प्रयोग गरी लिङ्ग छेदन गरिदिएको घटना सार्वजनिक भएको छ ।  विराटनगर १५ रानीको होटल मकालुमा बोलाएर स्थायी ठेगाना बर्जू गाउँपालिका ३ कि २८ वर्षीया युवतीले आफ्ना प्रेमीको लिङ्ग काटिदिएको सार्वजनिक भएको हो । परिवारको दबाबमा अर्कै युवतीसँग विवाह गर्नका लागि टाढिएका युवालाई होटलमा बोलाएर लिंग छेदन गरिदिएकी हुन् । युवतीले कैंची प्रयोग गरी उनका प्रेमीको लिङ्ग काटिदिएको विषय सार्वजनिक भएपछि यतिबेला मोरङ प्रहरीले अनुसन्धान र कारवाही अघि बढाएको छ । विराटनगरमा बसेर इन्स्युरेन्स कम्पनीमा काम गर्दै आएकी युवतीले आफ्

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • 407 पटक पढिएको
  • सामुहिक हत्याकाण्ड : नजिककै व्यक्तिबाट हत्या भएको प्रहरीको अनुमान

    खाँदवारी / सङ्खुवासभाको मादी १ खोला गाउँमा भएको हृदयविदारक हत्याकाण्डमा सलग्नले एक जनाको मात्रै हत्या गर्न खोज्दा अन्यले थाहा पाएपछि छ जनाको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । अपराधमा संलग्नले एक जनाको मात्रै हत्या गर्न खोजेको तर परिवारका अन्य सदस्यले थाहा पाएपछि अपराध लुकाउन उनीहरूको समेत हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले निष्कर्ष निकालेका छन् ।घटना सार्वजनिक भएपछि घटनास्थलमा पुगेका प्रहरीले पैसा र अन्य धनमाल लुटपाटको उद्देश्यले हत्या गरेको अनुमान गरिएपछि घरमा चेकजाँचका क्रममा नगद र गरगहना फेला परेपछि हत्याका विषयमा प्रहरीले फरक निष्कर्ष निकालेको हो । चेकजाँचका

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • 270 पटक पढिएको
  • सामुहिक हत्याकाण्ड : इटहरीमा सामुहिक अन्त्येष्टि गरियो

     इटहरी / संखुवासभाको मादीमा भएको बीभत्स हत्यामा मारिएका  ६ जनाको इटहरी स्थित बूढीगंगा मुक्तिघाटमा सामुहिक अन्त्यष्टि गरिएको छ । मादीका बौदमान कार्कीकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५३ वर्षीय तेजबहादुर, बुहारी ९तेजबहादुरकी पत्नी० ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमा कार्कीको सामुहिक अन्त्येष्टि गरिएको हो ।   सोमबार उनिहरुको आफ्नै घरमा पाशविक तवरले हत्या भएको थियो । बैदेशिक रोजगारीमा मलेसियामा रहेका दुई छोरा नरेश र रमेश आएसँगै उनीहरूको अन्त्येष्टि गरिएको हो । बुधबार धरानस्थित वीपि कोइराला स्वास्थ्य वि

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 447 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.