अर्जुनधारा / अर्जुनधारा सात पुष्पलाल मार्गमा रहेको रोमनाथ खनालको घरमा शनिबार साँझ एलपी ग्यासको सिलिन्डर फेर्ने क्रममा ग्यास चुहिएर आगलागी भएको छ ।

OM Sai Pathibhara Hospital

आगलागीमा परी ४२ वर्षीय रोमनाथ खनाल, उनकी श्रीमती ३८ बर्षिया दुर्गा खनाल, र १८ बर्षिया छोरा पंकज खनाल घाइते भएका छन् । 

स्थानीय बासी प्रहरी र दमकलको साहयतामा आगलागी नियन्त्रणमा लिएको र घाइते लाई उपचारको लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी गराएको छ ।