ओखलढुंगा  / ओखलढुङ्गाको ढाडखर्कमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।

खिजिदेम्बा गाउँपालिका –५ का ६८ वर्षीय मित्र बहादुर तामाङको धारिलो हतियार प्रहार गरि हत्या भएको हो । 

OM Sai Pathibhara Hospital

शुक्रबार दिउसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोलीले हत्यामा संलग्न  तामाङका भाइ ६७ वर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ वर्षीय बिर बहादुर तामाङलाई पक्राउ गरेको छ ।  

उनीहरूले अंशबन्डाको विषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्र बहादुरको घटनास्थलमा नै मृत्यु भएको स्थानीयले बताएका छन् ।