गुल्मी / गुल्मीमा शनिबार बिहानदेखि बेपत्ता भएकी तीन वर्षीया बालिका आइतबार बिहान मृत फेला परेकी छिन्।  

मदाने गाउँपालिका –२ बाझकटेरीकी तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेकी हुन् । शनिबार बिहान ११ बजे सम्म घर मै खेलिरहेकी बालीका त्यस पछि बेपत्ता भएकी थिइन् । 

OM Sai Pathibhara Hospital

उनलाई आइतबार स्थानीय र पुर्कोदह इलाका प्रहरी कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा घर देखि करिव ५ सय मिटर दुरीमा पर्ने झाडीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुर्षोतम प्रसाद पाण्डेले जानकारी दिए ।