इटहरी / संखुवासभाको मादीमा भएको बीभत्स हत्यामा मारिएका  ६ जनाको इटहरी स्थित बूढीगंगा मुक्तिघाटमा सामुहिक अन्त्यष्टि गरिएको छ । 

मादीका बौदमान कार्कीकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५३ वर्षीय तेजबहादुर, बुहारी ९तेजबहादुरकी पत्नी० ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमा कार्कीको सामुहिक अन्त्येष्टि गरिएको हो ।   

OM Sai Pathibhara Hospital

सोमबार उनिहरुको आफ्नै घरमा पाशविक तवरले हत्या भएको थियो । बैदेशिक रोजगारीमा मलेसियामा रहेका दुई छोरा नरेश र रमेश आएसँगै उनीहरूको अन्त्येष्टि गरिएको हो ।

 बुधबार धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्मार्टम सकिएपछि उनीहरुको अन्त्येष्टि गरिएको  १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसीले जानकारी गराएका छन् ।