समाचार

    Showing 7,951-7,960 of 25,627 items.
  • सरकारद्वारा विशेष आर्थिक क्षेत्र मापदण्ड खारेज, भाडादर मासिक रु ५ कायम

    काठमाडौँ। नेपाल सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर रु २० बाट घटाएर रु ५ कायम गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले जानकारी दिनुभयो । बैठकले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी फर इकोनोमिक प्रोस्परिटी इन नेपाल’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, सरकारले विद्युत् नियमन आयोगलाई ‘साउथ एसिया फर इन्फ्रास्टक्चर रेगुलेशन’ को सदस्यता लिन स्वीकृति प्रदान गरे

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 254 पटक पढिएको
  • मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय

    काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए । त्यस्तै भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यस क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० बाट घटाएर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको पनि उनले जानकारी गराए । उले भने,‘भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यो क्षेत्रमा विशेष आर्थिक

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 207 पटक पढिएको
  • सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन । अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उहाँले उनीहरुलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने बताउनुभयो । अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो । परिसरमा जेनजी आन्दोलनका

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 337 पटक पढिएको
  • नयाँ बसपार्कमा शव प्रकरणः सापटी लिएको ५ सय रुपैयाँ फिर्ता नगरेपछि हत्या गरेको खुलासा

    काठमाडौं— काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा शनिवार एउटा शव भेटियो । अनुसन्धान अधिकृतहरूले सुरुमा शव तेस्रो लिंगीको भएको भनिए पनि सो शव महिलाको भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले प्रारम्भिक जाँच पश्चात् शव महिलाको भएको अनुसन्धान अधिकृतहरूलाई जानकारी गराएका छन् । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन ।सो महिलाको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका सूर्य मगर रहेको प्रहरीको भनाइ छ ।  शनिबार नयाँ बसपार्क नजिकैको सडकमा तन्नाले पोको पारेर फालिएको शवको पहिचान खुलाउने प्रयास भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 516 पटक पढिएको
  • एनपीएल: सट्टाबाजी गर्ने आठ भारतीय नागरिक पक्राउ

    काठमाडौं— एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने भारत आन्द्रा प्रदेश प्रकासम पामुर गाउँ घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।नेपाल क्रिकेट एशोसियसन (क्यान) द्धारा मंसिर १ गते देखि मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी भई बेताक

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 556 पटक पढिएको
  • शीर्ष नेताहरूसँग लागि छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुटेकी छन् । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।स्रोतका अनुसार दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् ।विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । तर, कुन–कुन दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको भन्नेबारे भने खुलाइएको छैन ।‘छलफल चलिरहेको छ । एकसाथ भेट्ने कि अलगअलग भेट्ने विषय छलफलकै

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 531 पटक पढिएको
  • जंगलमा झुन्डिएको अवस्थामा भेटिए किशोर-किशोरी

    सुर्खेत— जिल्लामा एउटै रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा किशोर-किशोरी भेटिएका छन् ।वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा जुम्लाका युवा र सुर्खेतकी युवती एकै रुखमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।वीरेन्द्रनगर नगरपालिका-१० की १६ वर्षीया दीपिका चौधरी र जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ का १८ वर्षीय नरेश खत्री मृत एकै रुखमा मृत भेटिएका हुन् । मृतक दुवैजनाको आफन्तले पहिचान गरेका छन् ।घटनास्थल जाँचप्रकृति मुचुल्कापछि दुवैजनाको शव पोष्टमार्टका लागि प्रदेश अस्पतालमा पठाइएको सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन् ।घटनाबारे थप अनुसन्धान जारी रहेको पनि उनल

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 562 पटक पढिएको
  • एनआईसी एशिया बैंकका ग्राहकका लागि थेरापी सेन्टरमा १०% विशेष छूट

    काठमाडौं— एनआईसी एशिया बैंकका ग्राहकले अब थेरापी सेन्टरका विभिन्न शाखामा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र थेरापी सेन्टरबीच छुट सुविधा सम्बन्धी समझदारीपत्र हस्ताक्षर भएपछि सो सुविधा लागू भएको हो।सम्झौता अनुसार बालुवाटार, त्रिपुरेश्वर तथा बुटवलस्थित थेरापी सेन्टरका शाखाहरूमा बैंकका ग्राहकले सेवा लिई डिजिटल भुक्तानी गरेमा छुट उपलब्ध हुनेछ। ग्राहकले बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा मात्र छुट पाउनेछन्।बैंकले यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्नुका साथै देशमा डिजिटल भुक्तानी र नगदरहित कारोबार प्रवर्द्धन गर्न मद्दत पुग्न

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 550 पटक पढिएको
  • चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ७ अर्बभन्दा बढीका विद्युतीय गाडी आयात

    काठमाडौं— चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय कार, जिप, भ्यान आयात भएको छ ।भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ईभी कार, जिप, भ्यान आयात भएको हो । उक्त मूल्यमा कुल ३ हजार २०३ युनिट विद्युतीय कार आयात भएको छ ।उक्त संख्यामा कार आयात हुँदा सरकारले ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार कात्तिकमा मात्रै ५८३ युनिट ईभी कार आयात भएको छ । त्यस्तै, असोजमा २ हजार १३४ युनिट, साउन र भदौमा ४ सय ८६ युनिट ईभी नेपाल भित्रिएको थियो ।पेट्रोलियम पदार्थबाट चल्ने गाड

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 540 पटक पढिएको
  • दृष्टिविहीन महिला टोलीको गुनासोः राष्ट्रबाट आवश्यक सहयोग नपाउँदा ट्रफि ल्याउन सकेनौं

    काठमाडौं— दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् ।  फाइनल खेलमा भारतसँग पराजित भएको टोली सोमबार स्वदेश फिर्ता भएको हो । सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान गीता पौडेलले राष्ट्रबाट पाउनुपर्ने सहयोग नपाएर सिमित स्रोत र साधनकाबीच खेल खेल्नुपर्दा विजेता बन्न नसकेको गुनासो गरिन् । उनले भनिन्,‘हाम्रो जति स्रोत साधन थियो, त्यस अनुसार क्षमताले भ्याएसम्म खेलेका हौं । तर हामीलाई अझै धेरै कुराको अभाव छ । त्यही अभावका बाबजुत उपविजेता बन्नु गौरवको कुरा हो । तर राष्ट्रबाट पाउनुपर्ने सहयोग पाएको भए सान अझै बढ्थ्यो होला ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 520 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.