काठमाडौं— एनआईसी एशिया बैंकका ग्राहकले अब थेरापी सेन्टरका विभिन्न शाखामा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र थेरापी सेन्टरबीच छुट सुविधा सम्बन्धी समझदारीपत्र हस्ताक्षर भएपछि सो सुविधा लागू भएको हो।
सम्झौता अनुसार बालुवाटार, त्रिपुरेश्वर तथा बुटवलस्थित थेरापी सेन्टरका शाखाहरूमा बैंकका ग्राहकले सेवा लिई डिजिटल भुक्तानी गरेमा छुट उपलब्ध हुनेछ। ग्राहकले बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा मात्र छुट पाउनेछन्।
बैंकले यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्नुका साथै देशमा डिजिटल भुक्तानी र नगदरहित कारोबार प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार, यस्तो योजनाले ग्राहक सेवालाई थप आधुनिक र सुगम बनाउने उद्देश्य राखिएको छ।






































