समाचार

    Showing 7,501-7,510 of 25,626 items.
  • मलामी गएका युवक महाकालीमा बेपत्ता

    कञ्चनपुर— महेन्द्रनगरको महाकाली नदीमा बिहीबार दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।‘स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी गएका सनि चिता बनाउने क्रममा चिप्लेर महाकालीमा बेपत्ता भएको प्रारम्भिक खबर आएको छ’, उनले भने, ‘अहिले खोजी कार्यमा नेपाल प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।’त्यसैगरी नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाईंको शव भेटिएको छ । महाकाली नदीमा भुजेला क्षेत्रबाट नुहाउने क्रममा बेपत्ता भ

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 387 पटक पढिएको
  • संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा

    काठमाडौं— संयुक्त नागरिक पार्टीले आगामी फागुन २१ गते हुने संघीय संसदीय निर्वाचनका लागि तयारी पूरा भएको घोषणा गर्दै सरकार र निर्वाचन आयोगप्रति आभार व्यक्त गरेको छ ।बिहीबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमार्फत पार्टीले २०८२ भदौ २३ गते जेन–जी नेतृत्वमा भएको ऐतिहासिक नागरिक आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा अन्तरिम नागरिक सरकारले निर्माण गरेको स्वस्थ राजनीतिक वातावरण को प्रशंसा गरेको हो ।पार्टीका अध्यक्ष दल मर्दन कामी र महासचिव डा. तेजबहादुर रोक्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ २३ पछि अवसान भएको ‘अलोकतान्त्रिक र भ्रष्ट शासन’ को अन्त्य सम्भव बनाउन भूमिका खेलेका सहिदप्रति श्रद्धाञ्जली तथा घाइ

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 414 पटक पढिएको
  • ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

    भोजपुर— टेम्केमैयुङ गाउँपालिका–७, कोटमा निर्माणाधीन १५ शैय्याको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण पाँच वर्षदेखि अधुरै छ। काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि स्थानीय बासिन्दा निराश भएका छन्।विसं २०७८ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भूमि हिमालयन जेभी ले जिम्मा लिएको परियोजना २०८० असारमै सकिनुपर्ने थियो। तर सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि करिब १० प्रतिशत मात्र काम भएको गाउँपालिकाले जनाएको छ। निर्माण व्यवसायी विवेश कार्की लामो समयदेखि सम्पर्कमा छैनन्।अस्पताल निर्माणको कुल लागत भ्याटबाहेक रु १० करोड १३ लाख ८३ हजार रहेको छ। हालसम्म निर्माण कम्पनीले रु ९१ लाख भुक्तानी बुझेक

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 417 पटक पढिएको
  • सुदन गुरुङ नख्खु कारागारमा

    काठमाण्डौ  ।  हामी नेपालका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटगर्न नख्खु कारागार पुगेका छन।रविलाई भेट्न सुदनको टिम बिहीबार दिउँसो नख्खु कारागार, ललितपुर पुगेका छन। सुदनले आज रविको धारणा सुन्ने बताएका छन् ।रविलाई भेट्न जानुअघि उनले सुदनले बालेन र कुलमान घिसिङको एकतापछि आफूहरूले गरेको वाचा अनुसार एकता संवादका लागि रविलाई भेट्ने बताएका थिए । 

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 313 पटक पढिएको
  • एनपीएल सिजन–२ः काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य तय गरेको छ।टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा प्रतिस्पर्धात्मक स्कोर खडा गर्दै खेलमा पकड जमाएको छ। अब जीतका लागि पोखरा एभेन्जर्सले १६६ रनको लक्ष्य दिनु पर्नेछ।दुवै टोलीबीचको प्रतिस्पर्धा निर्णायक हुने अपेक्षा गरिएको छ। खेल जारी छ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 327 पटक पढिएको
  • गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी

    एजेन्सि— इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकहरुको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ । सेनाका अनुसार बिहीबार एक जना थाई नागरिकको शव परिवारलाई हस्तान्तरण गर्नको लागि शवको अवशेष पहिचान गरिएको छ ।हाल इजरायल र हमास बीचमा अमेरिकी मध्यस्थतामा युद्धविराम भएको छ भने दुवै पक्षले एक अर्कालाई युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।हमासले इजरायलसँगको युद्धविराम सम्झौताको एक सर्तको रूपमा गाजामा राखेका जीवित बन्धकहरूलाई रिहा गरेता पनि मृतक बन्दीहरूको अवशेष फिर्ता गर्ने प्रक्रिया भने अझै चलिरहेको जनाइएको छ ।पहिचान प्रक्रिया अन्तरगत आईडीएफका प्रतिनिधिहरूले विदेश मन्त्रालयसँग मि

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 410 पटक पढिएको
  • धोबी खोलामा फेला परेको शवको पहिचान, काभ्रेका ललित गिरी रहेको पुष्टि

    काठमाडौं— आज बिहान धोबी खोलामा भेटिएको पुरुषको शव काभ्रे मण्डनदेउपुर–१ का ५० वर्षीय ललित गिरीको रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईका अनुसार, शंखमूलमा बस्दै आएका गिरी साइकलसहित मदन भण्डारी कलेज नजिक मृत अवस्थामा भेटिएका थिए।उनको शव पहिचान उनकी श्रीमतीले गरेकी प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 442 पटक पढिएको
  • सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृत्यु

    रामेछाप— चितवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ ।मंगलबार राति ११ बजे तिर होटलको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्कालै उद्धार गरी बकुलहर अस्पताल टाँडी पु¥याइएको थियो । उपचारका क्रममा राति २३ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । पाख्रिन शैक्षिक भ्रमणका लागि सौराहा पुगेकी थिइन् ।घटना इलाका प्रहरी कार्यालय रत्ननगर–टाँडीको क्षेत्राधिकारभित्र पर्ने भएकाले प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक विवरण सङ्कलन गर्दै आवश्यक अनुसन्धा

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 410 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 346 पटक पढिएको
  • रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी

    काठमाडौं— मस्कोमा भएको उच्च–स्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले भनेका छन,‘रूसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन भन्ने कुरा वार्ताबाट बुझीएको छ ।’बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए । २०२२ फेब्रुअरीमा सुरु भएको रूस–यूक्रेन युद्ध अन्त्य गर्ने सम्भावित मार्गहरूमा वार्ता केन्द्रित थियो ।ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,‘पुटिनको जारेड कुश्नर र स्टिभ विट्कफसँग निकै राम्रो भेटवार्ता भ

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.