समाचार

    Showing 7,501-7,510 of 19,565 items.
  • यूएईका विदेशमन्त्री नेपालको दुईदिने औपचारिक भ्रमणमा

    काठमाडौं— संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझदेखि काठमाडौंमा छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे।परराष्ट्र मन्त्रालयका अनुसार उनीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।मन्त्री नाह्यानका साथ युएईका प

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 225 पटक पढिएको
  • कक्षा १२ को परीक्षा मिति सार्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं—  कक्षा १२ को परीक्षाको मिति सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएको सचिवालय स्रोतले जानकारी गराएको छ । कक्षा १२ को परीक्षा मिति बिहीबारदेखि तय भएको थियो । “शिक्षा मन्त्री नभएको हुनाले प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभएको हो । उहाँले परीक्षा केही दिन पछि सार्न भन्नुभएको छ,” प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो,“प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभयो । उहाँहरुले थप निर्णय गर्नुहोला ।”

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 328 पटक पढिएको
  • बाबुआमाको लछारपछारले शिशुको मृत्यु

    काठमाडौं— नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए ।शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीप

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 300 पटक पढिएको
  • मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवारलाई २१ करोड ७८ लाख मुआब्जा वितरण

    काठमाडौं— जिल्लाको आँबुखैरेनी गाउँपालिका( ४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ ।केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो ।जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रुपैयाँ रकम प्रदान गरिएको केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले जानकारी दिए । उनका अनुसार जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ रुपैयाँ र घर टहराका लागि तीन करोड ९० लाख ९९ हजार ३१५ रुपैयाँ वितरण गरिएको छ ।प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 206 पटक पढिएको
  • भारतीय विद्युत मन्त्री खट्टर आज नेपाल आउँदै

    काठमाडौं— भाारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज नेपाल आउँदै छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान दुईदिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ। विद्युत्मन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उनले आजै भारतीय लगान

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 180 पटक पढिएको
  • आज परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने

    काठमाडौं—  कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ।बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ।शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर(बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले रा

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 275 पटक पढिएको
  • नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा रिजाल विजयी

    काठमाडौं— नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा समीर रिजाल विजयी भएका छन् ।सोमबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी मोहम्मद प्रबेजलाई भारी मतले पराजित गर्दै रिजाल विजयी भएको क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले बताए ।उनका अनुसार निर्वाचितको औपचारिक घोषणा हुन भने बाँकी छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 201 पटक पढिएको
  • दाङमा आफैंमाथि गोली चलाएपछि...

    काठमाडौं— दाङमा एक व्यक्तिले आफैंलाई गोली चलाएका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।उनले घरमा लाइन्सेन्सवाला बन्दुक राखेका थिए । सोही बन्दुकले घरमै आफैंमाथि गोली चलाएको पाइएको प्रहरीले जानकारी दिएको छ ।आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन । प्रहरीले सो बारे आज दिउँसो साढे ३ बजे जानकारी पाएको बताए । लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो ।प्रारम्भिक अनुसन

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 397 पटक पढिएको
  • शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

    काठमाडौं— शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । आज दिउँसो आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको थियो। प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन ।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 504 पटक पढिएको
  • शिक्षकहरुको प्रदर्शनले माइतीघर—बानेश्वर सडक अस्तव्यस्त

    काठमाडौं—  विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।सोमबार पनि काठमाडौंको माईतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ ।सर

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 362 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा