काठमाडौं— आज बिहान धोबी खोलामा भेटिएको पुरुषको शव काभ्रे मण्डनदेउपुर–१ का ५० वर्षीय ललित गिरीको रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईका अनुसार, शंखमूलमा बस्दै आएका गिरी साइकलसहित मदन भण्डारी कलेज नजिक मृत अवस्थामा भेटिएका थिए।

उनको शव पहिचान उनकी श्रीमतीले गरेकी प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।