काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागसहित देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागको केहि स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना रहेको छ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अरूको विश्वास गर्दा काम रोकिन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्या
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ऋण प्रक्रिया सहज गरिदिने नाममा घुस लिने व्यक्तिहरूमाथि कडा कारवाही गरिने स्पष्ट चेतावनी दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंक अब बैंकिङ प्रणालीमा देखिने भ्रष्टाचारजन्य गतिविधि रोक्न आक्रामक ढंगले अघि बढ्ने बताए।उनका अनुसार धितो राखेर ऋण लिने व्यक्तिहरूको सम्पत्ति लिलाम गर्दा धितो मूल्यांकन गरिँदा देखाइएको मूल्यभन्दा कम मूल्य तोक्ने प्रवृत्ति पनि राष्ट्र बैंकले अब करप्सनका रूपमा लिनेछ। उनले यस्ता अनियमितताले बैंकिङ प्रणालीप्रति आम नागरिकको विश्वास घटाउने भन्दै तत्का
दैलेख— जिल्लाको नौमुले गाउँपालिका–५, गजमालीमा बुवामाथि चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक छोरी पक्राउ परेकी छन्।पक्राउ परेकी २७ वर्षीया तिर्सना रामजाली मगरले आफ्ना ६५ वर्षीय बुवा धनबहादुर रामजाली मगरलाई काठको चिर्पटले प्रहार गरेको आशंकामा सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिइएको हो।घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय नौमुलेबाट पुगेको टोलीले तिर्सनालाई पक्राउ गरेको बताइएको छ। चिर्पट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र नौमुले लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं— शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन् ।मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरिरहेको जानकारी दिएका हुन् ।उनले भने, ‘ध्यान र योग गर्ने कुरालाई कसरी व्यहारिक बनाउने भन्ने कुरा हो । पाठ्यक्रममा कसरी समावेश गर्ने भन्ने कुराहरुमा दुई÷तीन चरणका छलफल भएका पनि छन् । त्यसका साथै कक्षामा पाठ पढाएर मात्र यो हुने होइन् । ध्यान, र योगलाई व्यहारिकरुपमा लागु गर्न शुक्रबार हुने अतिरिक्त क्रियाकलापको
काठमाडौं— नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५, भैरमपुरमा गएराति बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।लु १ ख ७०१९ नम्बरको बसले स्थानीय ६० वर्षीया सुमित्रा चमारलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकी चमारलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही–रुपन्देही लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको हो।प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।
काठमाडौं— काठमाडौं महानगरपालिका–९ अन्तर्गत सिनामंगलमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सिनामंगलमा डेरा गरेर बस्दै आएका भारतका ५५ वर्षीय सन्जय सिंह आफु बस्ने कोठामै गएराति मृत भेटिएका हुन्।प्रहरीले घटनास्थलमा गई मृत्युको कारणबारे थप अनुसन्धान अघि बढाएको बताएको छ।
काठमाडौं— नेपाली कांग्रेसका युवा नेता सन्दीप राना प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पाबाट प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा एकल सिफारिसमा परेका छन् ।आसन्न फागुन २१ को निर्वाचनका लागि काँग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिको बैठकले युवा नेता रानाको नाम प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।क्षेत्रीय सभापति झमनराज रानाको अध्यक्षतामा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, पालिका सभापति, महाधिवेशन प्रतिनिधि तथा नेपाली काँग्रेसका विभित्र तहमा रहेका नेताहरुको उपस्थितिमा बसेको बैठकले रामपुर नगरपालिका ७ निवासी रानाको नाम एकल सिफारिस गरेको हो ।राना नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य, म
तनहुँ— म्याग्दे गाउँपालिका–४ मा अवस्थित थर्पु अस्पतालमा अब नियमित आँखा उपचार सेवा उपलब्ध हुने भएको छ। यसका लागि म्याग्दे गाउँपालिकाले पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालसँग औपचारिक सम्झौता गरेको हो।स्थानीयवासीले आफ्नै आसपासमै सहज रूपमा आँखा परीक्षण र उपचार पाउन सकून् भन्ने उद्देश्यले गरिएको सम्झौताअनुसार सेवा आगामी पुस ३ गतेदेखि सञ्चालनमा आउनेछ। सम्झौतामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले हस्ताक्षर गरेका छन्।सम्झौता कार्यान्वयनसँगै दैनिक रूपमा नेत्र प्राविधिक खटाइनेछन्। यसले दमौली वा खैरेनीटार पुगेर आँखा परीक्षण गराउनुपर्ने
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.