दैलेख— जिल्लाको नौमुले गाउँपालिका–५, गजमालीमा बुवामाथि चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक छोरी पक्राउ परेकी छन्।
पक्राउ परेकी २७ वर्षीया तिर्सना रामजाली मगरले आफ्ना ६५ वर्षीय बुवा धनबहादुर रामजाली मगरलाई काठको चिर्पटले प्रहार गरेको आशंकामा सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिइएको हो।
घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय नौमुलेबाट पुगेको टोलीले तिर्सनालाई पक्राउ गरेको बताइएको छ। चिर्पट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र नौमुले लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






































