काठमाडौं— नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५, भैरमपुरमा गएराति बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

लु १ ख ७०१९ नम्बरको बसले स्थानीय ६० वर्षीया सुमित्रा चमारलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकी चमारलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही–रुपन्देही लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।