काठमाडौं— काठमाडौं महानगरपालिका–९ अन्तर्गत सिनामंगलमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सिनामंगलमा डेरा गरेर बस्दै आएका भारतका ५५ वर्षीय सन्जय सिंह आफु बस्ने कोठामै गएराति मृत भेटिएका हुन्।
प्रहरीले घटनास्थलमा गई मृत्युको कारणबारे थप अनुसन्धान अघि बढाएको बताएको छ।






































