काठमाण्डौ / वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ । कोरोना संक्रमित बस्नेतको ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म बरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए ।नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी छन् ।
काठमाडौँ / काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समितिले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई शुक्रबार तीन बुँदे अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो। ठूला सार्वजनिक सवारी साधनको ‘पिक एन्ड ड्रप’ लाई थप व्यवस्थापन गर्नका लागि एक हप्ताअघि कार्यदल गठन गरिएको थियो ।उक्त कार्यदलमार्
सिराहा / सिरहाका एक युवकलाई जिल्ला अदालत सिराहाले आजीवन कारावासको फैसला सुनाएको छ। श्रीमतीलाई आगो लगाइ हत्या गरेको आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार अदालतले उक्त सजाय फैसला गरेको हो ।गत २०७६ माघ १० गते चारित्रिक आरोपमा श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेका विनोदले आगो लगाएपछि उनीले आफैँले उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस भएकी अनिताको कीर्तिपुर मोडेल अस्पतालमा दुई दिनपछि मृत्यु भएको थियो ।मृतकका बुबा अशोक यादवले जिल्ला प्रहरी कार्यालयमा गत माघ १२ गते विनोद विरुद्ध किटानी जाहेरी दिएका
सङ्खुवासभा / खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाइँ रहेका छन् ।शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले चापागाइँलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा २०४ ग्राम अफिम सहित चापागाइँलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरको सुबेदीले जानकारी दिएका छन् ।
फुङ्लिङ / ताप्लेजुङमा सहकारीले दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरेको छ । जिल्लाका ९ स्थानीय तहमध्ये ६ गाउँपालिका केन्द्रमा प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले जानकारी दिएका छन् । मैवाखोला गाउँपालिका केन्द्रमा प्राविधिक समस्याका कारण सबै घरमा जडान गर्न केही समय लाग्ने चौधरीले जानकारी दिएका छन् । मिक्वाखोला गाउँपालिका वडा नं १ र २ खोक्लिङसम्म राष्ट्रिय प्रसारण लाइन पुगेको र गाउँपालिका केन्द्रसम्म पु¥याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।फुङ्लिङ नगरपालिकाका ९४ प्रतिशत, मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र
बेलबारी / मोरङको बेलबारीबाट ब्राउन सुगर सहित प्रहरीले झापाका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका –५ का ३४ वर्षीय खेम मगर र मेचीनगर नगरपालिका –३ का ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् । शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका –१० लक्ष्मीमार्गबाट मगरलाई ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो ।पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनेर खुलाएपछि तत्काल प्रहरी टोली खटि दर्नाललाई बेलबारी नगरपालिका –३ पशुहटियाबाट ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्रा
धरान / सुनसरीको बराहक्षेत्रबाट एक थान भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका –१ का ६३ वर्षीय बरम बहादुर राई रहेका छन् । राईलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका राईको कोठाबाट प्रहरीले लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ ।
बिर्तामोड / झापामा प्रहरी हुँ भनी कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका –७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका –३ का ३२ वर्षीय टिका खत्री रहेका छन् । पक्राउ परेकाले गत साउन ११ गते नयनसरी राजवंशीको घरमा गएर छोरोले लागूऔषध खाने र बेच्ने काम गर्छ भनी धम्क्याएर ११ हजार रुपैयाँ लिएको र पुनः साउन १४ गते घरमा आएर राजवंशीको छोरो २५ वर्षीय विशाल राजवंशीलाई कुटपिट गरेका थिए । पीडित राजवंशीले गत साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएका थिए । पक्राउ परेका माथि अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी का
काठमाण्डौ /सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गैरसरकारी संस्थाका विषयमा छानविन नगर्न आदेश दिएको छ ।सर्वोच्चले गैरसरकारी संस्थाको अनुगमन तथा अनुसन्धान अख्तियारको क्षेत्राधिकारभित्र नरहेको भन्दै त्यस्तो आदेश दिएको हो ।सर्वोच्चले संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएका गैरसरकारी संस्थामा रहेका व्यक्ति सार्वजनिक पद धारण गरेको व्यक्तिमा नपर्ने जनाउँदै त्यस्तो आदेश दिएको हो । नेपालको संविधानले अख्तियारको क्षेत्राधिकारमा सार्वजनिक पद धारण गरेका व्यक्ति मात्रै पर्ने उल्लेख रहेको भन्दै यस्तो आदेश दिएको हो ।जारी आदेशमा गैरसरकारी संस्थाका विषयमा अनुगमन र छानविन गर्ने अधिकार जिल्ला प्रशा
काठमाण्डौ / एउटा सरकारी कार्यालयले सरकारी स्वामित्वकै अर्को कार्यालय विरुद्ध मानवीय स्वास्थ्यमा खेलवाड गरेको भन्दै कानुनी कारवाहीको माग सहित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।मानव स्वास्थ्यमा नै असर पर्ने गरी अखाद्य वस्तु बिक्री वितरण गरेको भन्दै खाद्य तथा गुण नियन्त्रण विभागले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मुद्दा दायर गरेको हो ।विभागले गत असोजमा गरेको अनुगमनका क्रममा बजारमा संस्थानले बिक्री गरेका लेबल नभएका तथा उपभोग्य मिति सकिएका सामाग्री फेला पारेको थियो । विभागले जिल्ला प्रशासन कार्यालयमा अखाद्य वस्तु बिक्री वितर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.