बेलबारी / मोरङको बेलबारीबाट ब्राउन सुगर सहित प्रहरीले झापाका दुई जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका –५ का ३४ वर्षीय खेम मगर र मेचीनगर नगरपालिका –३ का ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् । 

OM Sai Pathibhara Hospital

शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका –१० लक्ष्मीमार्गबाट मगरलाई  ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनेर खुलाएपछि तत्काल प्रहरी टोली खटि दर्नाललाई बेलबारी नगरपालिका –३ पशुहटियाबाट ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्राम सहित पक्राउ गरेको हो ।