सङ्खुवासभा / खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका७ का ६९ वर्षीय जय चापागाइँ रहेका छन् ।

शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले चापागाइँलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा २०४ ग्राम अफिम सहित चापागाइँलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरको सुबेदीले जानकारी दिएका छन् ।