काठमाण्डौ / वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ । कोरोना संक्रमित बस्नेतको ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म बरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए ।
नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी छन् ।