सिराहा / सिरहाका एक युवकलाई जिल्ला अदालत सिराहाले आजीवन कारावासको फैसला सुनाएको छ। श्रीमतीलाई आगो लगाइ हत्या गरेको आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार अदालतले उक्त सजाय फैसला गरेको हो ।

गत २०७६ माघ १० गते चारित्रिक आरोपमा श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेका विनोदले आगो लगाएपछि उनीले आफैँले उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस भएकी अनिताको कीर्तिपुर मोडेल अस्पतालमा दुई दिनपछि मृत्यु भएको थियो ।

OM Sai Pathibhara Hospital

मृतकका बुबा अशोक यादवले जिल्ला प्रहरी कार्यालयमा गत माघ १२ गते विनोद विरुद्ध किटानी जाहेरी दिएका थिए । विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाई हत्या गरेको ठहर भएपछि जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले उक्त फैसला गरेको अदालतले जनाएको छ । 

माघ ११ गते पक्राउ परेका विनोद जिल्ला अदालतको आदेशमा गत फागुन ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।