बिर्तामोड / झापामा प्रहरी हुँ भनी कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका –७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका –३ का ३२ वर्षीय टिका खत्री रहेका छन् । 

पक्राउ परेकाले गत साउन ११ गते नयनसरी राजवंशीको घरमा गएर छोरोले लागूऔषध खाने र बेच्ने काम गर्छ भनी धम्क्याएर ११ हजार रुपैयाँ लिएको र पुनः साउन १४ गते घरमा आएर राजवंशीको छोरो २५ वर्षीय विशाल राजवंशीलाई कुटपिट गरेका थिए । 

OM Sai Pathibhara Hospital

पीडित राजवंशीले गत साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएका थिए । पक्राउ परेका माथि अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।